कविता- कोब्रा ! « Khabarhub

कविता- कोब्रा !



कोब्रा गोमन साँपले म डसुवा भन्दैन कैल्यैपनी
सुस्केरा, जिउडाल, बग्नी गतिले चिनिन्छ कोब्रा भनी
जो कोब्रा यहि हो भनी बुझिकनै झ्याम्मिन्छ कोब्रासँग
काखैमा जति राख डस्छ उसले एक् दिन् नराम्रोसँग ।

कोब्राको गुण हो बगाइ विष जो सक्दो विषाक्ती दिने
आफ्ना, मित्र, छिमेक, रीपु सजिलै चिन्दैन कोब्रा कँही
डस्नैमा छ त धर्म गोमनहरु! डस्छन् नि मौक़ा मिले
त्यो कोब्रा चिडिया हुँदैन कहिल्यै भन्ने नबिर्सीदिए ।

सक्दो लालन पालनी जति गरौं कोब्रा विषै कुण्ड हो
के टोक्थ्यो नभनौं, शिकार नबनौं! मौका नमीलेर हो
कोब्रालाइ प्रयोग गर्छ जसले सक्दैन ऊ उम्किन
मौकामात्र अलीकती सहज होस् डस्नेछ बिर्सी गुण!

कोब्रा पाल्नु अबश्य घातक छ है—त्यो बैगुनी जात हे
जो जो गोमन हैन यो त पलुवा भन्दै मुसार्दै रहे
धेरै देखिसकें अझै कतिकती देख्नुछ यै दृष्‍टिले
डस्यो लौ! भनि छट्पटी हुनु अघी कोब्रा चिनौं हामिले ।।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ०९ बजे

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी

काठमाडौं– भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा

विद्युतीय मेसिनमा मत खसाल्दा पनि तनाव : एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस्

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो