नेपालका ७० जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ? | Khabarhub Khabarhub

नेपालका ७० जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारसम्म नेपालका ७० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जाजरकोट र डोल्पा जिल्ला थपिएसँगै नेपालमा शनिबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७० पुगेको छ ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या  ३ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या ३ हजार २३५ पुगेको हो । हिजोसम्म कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने ३६५ जना सफल उपचार पछि घर फर्किएका छन् ।

कुन प्रदेशमा कति संक्रमित ? 

प्रदेश नम्बर १ का १२ जिल्लामा २ सय ४९ जना

प्रदेश नम्बर १ का ८ जिल्लामा १ हजार ७७ जना

बागमती प्रदेशका १२ जिल्लामा ९० जना

गण्डकी प्रदेशका ९ जिल्लामा ७३ जना

प्रदेश ५ का ११ जिल्लामा १ हजार ६१ जना

कर्णालीका ९ जिल्लामा ५ सय ७९

सुदुरपश्चिमका ९ जिल्लामा १ सय ६ जना

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ५ : ३१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस