कोरोना परीक्षणको दायरा बढाउन ‘अटोमेटेड मेसिन’ जडानको तयारी « Khabarhub

कोरोना परीक्षणको दायरा बढाउन ‘अटोमेटेड मेसिन’ जडानको तयारी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने  भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन अटोमेटेड मेसिन जडान गर्न लागिएको जानकारी दिएका हुन् । उनले पीसीआर मेसिन थप्ने प्रक्रिया पनि थालेको जानकारी दिए ।

उनले सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन राख्न आवश्यक तयारी थालिएको जानकारी दिएका हुन् ।

“मेसिनको खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं। यो जडान भएपछि यसले नमूना परीक्षणमा भइरहेको ढिलाइ कम हुनेछ”, उनले भने, “परीक्षणको नतिजा ढिलो हुने र दायरा नबढेकाले थप व्यवस्थापन गर्न लागिएको हो।”

उनले २१ स्थानबाट हाल पीसीआर विधिबाट परीक्षणको काम भइरहे पनि केही ठाउँमा क्षमता अनुसार परीक्षण हुन नसकेको बताए।

अहिले काम गरिरहेकै पीसीआर मेसिनहरूमा अटोमेटेड मेसिन जडान गरिनेछन्। अटोमेटेड मेसिनले एक पटकमा कम्तिमा एक हजार नमूना थप परीक्षण गर्न सक्ने प्रवक्ता देवकोटाले बताए।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण