शनिबार काठमाडौंका थप ४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

शनिबार काठमाडौंका थप ४ जनामा कोरोना संक्रमण पुष्टि


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार काठमाडौंमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा थप ४ जनासहित पछिल्लो २४ घण्टामा नेपालमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

शुक्रबार ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचाररत अवस्थामा दुई संक्रमित भेटिएकोमा शनिबार एकै पटक ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएहो हो ।

शनिबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये दुई महिला र दुई पुरुष छन् ।

महिलाहरुको उमेर २१ र ३५ छ भने पुरुषहरु २६ र ४६ बर्षका छन् । संक्रमितहरु काठमाडौंका कुन ठाउँका निवासी हुन भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : ३१ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको