प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ ।

मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरे

राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ ।

एल्बममा प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ । त्यस्तै पौडेलले रचना गर्नुभएको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन् ।

रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राजेश पायल राईले आवाज दिएका छन् । त्यस्तै विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पङ्गेनी र मेलीना राईले आवाज दिएका छन् । किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसङ्ग्रहमा आमोश तामाङको सङ्गीत संयोजन रहको छ भने एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईले सङ्गीत दिएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १० : ३६ बजे

तुलसीको पात, जरा, डाँट र बीउ सबै औषधि

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरूले

मानिससँग बस्ने जनावर व्यवस्थापन गरौँ

यस वर्ष जुलाई ६ मा (आज) विश्व जुनोसिस (पशुजन्य रोग)

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले