विभिन्न ५ प्रदेशमा हल्का वर्षा, दिउँसो भारी वर्षासँगै बाढी पहिरोको जोखिम « Khabarhub

विभिन्न ५ प्रदेशमा हल्का वर्षा, दिउँसो भारी वर्षासँगै बाढी पहिरोको जोखिम


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही आज सबैजसो भू-भागमा वर्षा भए पनि दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ०३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान