कोरोना भाइरस : विश्वभर एकै दिन ३५ सयको मृत्यु, १ लाख ७५ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन ३५ सयको मृत्यु, १ लाख ७५ हजार संक्रमित


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १५ लाख ५५ हजार २८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७५ हजार ४९९ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६५ लाख ३१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ६९७ जनाको मृत्यु भएको छ ।

२४ लाख ७७ हजार ५७२ जना संक्रमित भएकोमा १४ लाख ३० हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७५ हजार ३५५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख ८७ हजार ६१९ पुगेको छ । त्यसमध्ये १५ लाख ६४ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६२ हजार १६३ जनाको मृत्यु भएको छ । २५ लाख ७९ हजार ४५२ जना संक्रमित भएकोमा १७ लाख ३८ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९३ हजार ६८५ जनाको मृत्यु भएको छ । २५ लाख १४ हजार १३४ जना संक्रमित भएकोमा १५ लाख ५५ हजार ४८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४०० जनाको ज्यान गएको छ भने ४ लाख ७९ हजार ८४५ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३० हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ९४ जना संक्रमित भएकोमा ८ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : १५ बजे

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन