नेकपामा विवाद चुलिरहँदा वरिष्ठ नेता नेपाललाई भेट्न घरै पुगिन चिनियाँ राजदूत « Khabarhub

नेकपामा विवाद चुलिरहँदा वरिष्ठ नेता नेपाललाई भेट्न घरै पुगिन चिनियाँ राजदूत


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

उनले आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।

आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।

यसअघि  वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाललगायतलाई भेटेकी थिइन् ।

अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : २१ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले