काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ६ लाख ८१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १३४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार १६१ पुगेको हो ।
एकै दिन ६ हजार ७३६ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ८१ हजार २५१ पुगेको छ ।
२ लाख २० हजार ३० जनाको उपचार भइरहेको छ भने ४ लाख ५० हजार ७५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।
प्रतिक्रिया