रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण « Khabarhub

रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ ।

विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले सेनाले उक्त होलिप्याड निर्माण गरेको हो ।

सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो ।

प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा सेनाले लिएको हो ।

रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरिरहेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको आग्रहमा  सेनाले उक्त हेलिप्याड निर्माणको जिम्मा लिएको हो  ।

‘विपद्सँग सम्वन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ’, खड्गदल गण रोल्पाका गणपति सुधीर केसीले भन्नुभयो, ‘लकडाउनको असहजताका बीच पनि निर्माण  सम्पन्न गरेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयको कार्यादेशानुसार खड्गदल गण रोल्पा उक्त निर्माणमा सरिक भएको थियो । सार्वजनिक खरीद ऐनबमोजिम प्रतिहेलिप्याड पाँच लाखका दरले निर्माण गरिएको सेनाले जनाएको छ ।

हेलिप्याड निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन । निर्माण नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष सेनालाई निर्माणको जिम्मा दिइएको हो ।

रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ । अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याइएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।

सो हेलिप्याडका लागि यस वर्ष  २० लाख बजेट विनियोजन गरिएको छ । वर्षातको मौसमसंगै  अधिकांश सडकमा आउने पहिराले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १५ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क