तपाईंमा प्रेम परे-नपरेको मापन गर्ने यी ७ कुरा « Khabarhub

तपाईंमा प्रेम परे-नपरेको मापन गर्ने यी ७ कुरा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम एक स्वतन्त्र भाव हो । कोहिप्रति आर्कषित हुनु वा कसैलाई मन पराउनु मात्र प्रेम होइन । तर यो प्रेम भएको संकेत भने हो ।

प्रेम जागृत रहदाँ उसको बारेमा मात्र सोच्नु, चिन्ता गर्नु वा त्यागका लागी समेत तयार रहनु पर्दछ । यदि हामी कसैसँग प्रेममा पर्यौ भने त्यसको केहि संकेतहरु हुन्छ जसले आफु प्रेममा रहेको वा नरहेको बारेमा थाहा पाउन सकिन्छ ।

विरोध सुन्न नसक्नु

प्रेममा परेको सबैभन्दा ठुलो र पहिलो संकेत हो जो सँग प्रेम छ, त्यसका बारेमा कसैले गरेको विरोध वा नकारात्मक कुरा सुन्न सकिदैन । उसको बारेमा कसैले नकारात्मक टिप्पणी गरे आफ्नो मन दुख्छ भने बुझ्नुस् तपाई उसँग प्रेममा हुनुहुन्छ ।

नयाँ जीवन कल्पना गर्नु
यदि कोहि ब्यक्तिसँग प्रेम भयो भने यो अवस्थामा उसँगको जीवनको कल्पना गर्न थालिन्छ ।

तर यो आफु आर्कषित रहेको ब्यक्तिसँग पनि हुनसक्छ । तर प्रेम बस्यो भने लामो जीवनको कल्पना गर्न थालिन्छ । उसँग भेट्ने, जीवन काट्ने, घुम्ने कल्पना एकसाथ आउँछ ।

लुकिलुकि हेर्नु

यदि तपाई कोहि ब्यक्तिलाई बिना कुनै कारण पटक पटक लुकिलुकि हेर्नु हुन्छ वा आखाँ ज्धुाएर हेर्न ग्राहो भइ रहेको छ भने यो अवस्थामा पनि तपाई प्रेममा पर्नु भयो । यो अवस्थाको हेराई कुनै फिल्मको दृष्य भन्दा कम हुन्न । यो अन्य हेराई भन्दा एकदमै भिन्न हुन्छ ।

कारण बिनै तनाव
यदि कोहि ब्यक्ति प्रेममा छ भने उ बिना कुनै कारण तनावमा रहन्छ । यो बेला मनमा कहिले खुसी, कहिले उमंग हुन्छ ।

मनमा कुराहरु उकुसमुकुस भएर बग्दछ । अनेकथरी भाव एकसाथ आउँछ । यस्तोमा मानिस अधैर्य हुन्छ । मनमा दवाब बढ्छ र मानिस तनावमा झै रहन्छ ।

फरक ब्यवहार

अरु भन्दा अलग ब्यवहार र पहिले भन्दा फरक ब्यवहार गर्न थालेमा पनि मानिस प्रेममा छ भन्ने बुझ्न सकिन्छ ।

यो बेला मानिसको मस्तिष्कमा असामान्य अनुभव हुन्छ । उ हरहमेशा उ पार्टनरको बारेमा सोच्ने भएकाले प्रेम परेको मानिससँग झन् झन् आर्कषण बढ्दै जान्छ ।

जे गर्न पनि तयार

जब कोहि मानिस प्रेममा पर्दछ उसको महत्व आफ्नो जीवनमा अपरीहार्य झै लाग्न थाल्दछ ।

यस बेला मानिस उसलाई खुसि राख्न जे पनि गर्न तयार रहन्छ । उसलाई हसाउनु, उसलाई खुसी राख्नु वा अप्ठेरोमा साथ दिनु लगायतका काममा मानिसको सोच तल्लिन रहन्छ ।

पीडा महसुस हुदैन

यदि कोहि मानिस भर्खर प्रेममा पर्यो भने उसलाई हत्तपत कुनै पीडाको महसुस हुदैन । कुनै चोट वा घाउ लागेमा समेत उसले यसलाई वेवास्ता गर्ने क्षमता राख्दछ । मात्र प्रेम परेको मानिससँगको एक भेट, कुराकानी वा हेराहेर चोट बिर्साउन काफि रहन्छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ०५ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार