चिडियाघरमा काम गर्ने कर्मचारीलाई बाघले मार्‍यो « Khabarhub

चिडियाघरमा काम गर्ने कर्मचारीलाई बाघले मार्‍यो


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ।

ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए।

तिनले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलाको त्यहीँ निधन भयो।

ज्यूरिकको चिडियाघरका अनुसार सो हमलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए।

ज्यूरिक चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ।

तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन्।

“मद्दत ढिलो पुग्यो र दु:खद निधन भयो,” ज्यूरिक प्रहरीकी प्रवक्ताले बताइन्।

इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चिडियाघरमा सन् २०१५ मा भएको थियो। गत साल इरीनालाई जुरिच चिडियाघरमा सारिएको थियो।

ज्यूरिक चिडियाघरका निर्देशकले ती कर्मचारी केही समयदेखि कार्यरत रहेको बताएका छन्। उनले ती कर्मचारीको परिवारप्रति समवेदना प्रकट गरे।

उक्त घटनाका साक्षीहरूलाई मनोपरामर्शको सेवा उपलब्ध गराइने बताइएको छ।

चिडियाघर तथा संरक्षण केन्द्रहरूमा जनावरले आक्रमण गर्नु दुर्लभ मानिन्छ।

तर ज्यूरिक चिडियाघरमा भएको यो पहिलो आक्रमण भने होइन।

सन् २०१९ को डिसेम्बरमा चिडियाघरस्थित एक गोहीले सफाइ गरिरहेका कर्मचारीको हात टोकिदिएको थियो।

गोहीले हात नछाडेपछि त्यसलाई गोली हानिएको थियो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : १८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको