यस्तो छ वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने रहस्य « Khabarhub

यस्तो छ वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने रहस्य


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानव शरीरको हाडमा जवानीको रहस्य लुकेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने पत्ता लागेको हो ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीले विगत ३० वर्षदेखि हाडमा लुकेको रहस्यका विषयमा अनुसन्धान गरिरहेका थिए ।

हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उनले उक्त हर्मोन हाडहरूमा पुराना टिस्युलाई हटाएर नयाँ टिस्यु बनाउन समर्थ रहेको बताए ।

यही हर्मोनका कारण हाम्रो हाइट पनि बढ्ने गरेको छ ।

जेरार्डले मुसाहरूको जिन निकालेर अध्ययन गर्दा यस हर्मोनले शरीरका प्रतिक्रियाहरूलाई प्रभावित गर्छ ।

हाडको संरचनाले शरीरलाई उभ्याउने मात्र नभई शरीरका अनेकौं क्रियालाई प्रभावित पार्ने उनले बताए ।

हाडभित्र रहेका टिस्यु शरीरका अन्य टिस्युसँग मिलेर आफैं हर्मोन बनाउने र अन्य अंगसम्म संकेत पुर्‍याउने काम गर्छन् ।

त्यसबाट बुढ्यौली रोक्न र स्मरणशक्ति बढाउन सहायता प्राप्त हुन्छ । प्राध्यापक कारसेन्टीका अनुसार, बुढ्यौली लाग्न नदिन शरीरमा ओस्टियोकाल्सिन बढाउनुको विकल्प छैन । नियमित कसरत गर्दा हाडहरू आफैंले ओस्टियोकाल्सिन बनाउन थाल्छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ३२ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी