चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखाबाट पछि हटेको दावी « Khabarhub

चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखाबाट पछि हटेको दावी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीन सीमाविवाद चलिरहेको बेलामा चिनियाँ सेना वास्तविक नियन्त्रण रेखाबाट एक किलोमिटर पछि हटेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

हिंस्रक भिडन्त भएको स्थानबाट चिनियाँ सेना पछि हटेको बताइएको हो । सैनिक पछि हटाउनका लागि दुवै देशका सैन्य अधिकृत स्तरमा वार्ता चलिरहेको थियो ।

सूत्रहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले बताएअनुसार, दुवै देशका सेनाले रिलोकेसनका लागि सहमति जनाएका छन् र पछि हटेका छन् । गलवान उपत्यकालाई अब बफर जोन बनाइएको छ ।

चिनियाँ सेनाले टेन्ट, गाडी र सैनिक पछि हटाउन थालेको बताइएको छ । कोर्प्स कमान्डर स्तरको कुराकानीमा यही कुरा सुनिश्चित भएको थियो ।

तर गलवान उपत्यकामा चीनले सैन्य सामग्रीहरू थुपारिरहेको छ । यस विषयमा दुवै सेनाबीच पछि पनि कुराकानी हुन सक्नेछ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ४३ बजे

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको