साम्राज्ञीले भुवनलाई भनिन् – आजका नारीहरु कमजोर छैनन् « Khabarhub

साम्राज्ञीले भुवनलाई भनिन् – आजका नारीहरु कमजोर छैनन्


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भुवन केसीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

साम्राज्ञीले भुवनमाथि दुर्व्यवहारमा परेको आरोप लगाएपछि भुवन धेरैको तारो बनेका छन् ।

साम्राज्ञीले पटकपटक फिल्म ‘ड्रिम्स’ का बेला आफूले अपमानजनक व्यवहार भोग्नुपरेको बताएपछि भुवनले सामाजिक सञ्जाल फेसबूकबाटै जवाफ फर्काएका थिए – जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने ।

भुवनको जवाफपछि साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताइन् । साम्राज्ञीले भुवनमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् ।

जवाफमा भुवनले पनि साइबर क्राइम सम्झाउँदै भए नभएका आरोप नलगाउन साम्राज्ञीलाई चेतावनी दिए । उनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिए ।

यत्तिकैमा क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमाथि प्रश्न उठाउँदै उनीसँगको स्किृनशट शेयर गरिन् । उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने अफर गरेको र ‘राम्री’ भन्दै तारिफ गरेको देखिन्छ ।

भुवनले भने उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसैबीच साम्राज्ञीले आजका नारीहरु कमजोर नभएको भन्दै नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी छिन्, ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकून्, चाहे त्यो सामाजिक हिसाबले होस् या कानूनी हिसाबले । आजका महिलाहरु हरेक हिसाबले सबल छन् भन्ने कुराको हेक्का राखौं ।’

भुवनले सामाजिक सञ्जालमा प्रयोग गरेको भाषालाई लिएर पनि साम्राज्ञीेले प्रश्न उठाएकी छिन् । उनले भनेकी छिन्, ‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जाल अनेक थरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’

‘कुनै पनि कलाकारले स्वयम् उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ, जुन कुराको भुक्तभोगी तपाईं स्वयम् हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन,’ उनले भनेकी छिन् ।

साम्राज्ञीले यदि नेपाली क्षेत्रलाई विकास गर्ने हो भने आफूलाई मै हुँ भनी भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छिन् ।

यस्तो छ साम्राज्ञीको भनाइ:

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ४२ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा