दक्षिण एसियाली क्षेत्रका फुटबल संघसँग फिफा र एएफसी अध्यक्षको छलफल « Khabarhub

दक्षिण एसियाली क्षेत्रका फुटबल संघसँग फिफा र एएफसी अध्यक्षको छलफल


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीपछि सृजित समस्याबारे फिफा अध्यक्ष गियनी इन्फान्टिन्हो र एएफसीका अध्यक्ष शेख सलमानले दक्षिण एसियाली क्षेत्रका फुटबल संघहरुसँग छलफल गरेका छन् ।

बुधबार अध्यक्षद्वय इन्फान्टिन्हो र सलमानले कोरोना भाइरसले यस क्षेत्रको फुटबलमा पारेको असर र संघहरुले खेलेको भूमिकाबारे चाँसो राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

‘यस क्षेत्रको फुटबललाई सुरक्षित तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रह्यो,’ भर्चुअल बैठकमा सहभागी एन्फा अध्यक्ष शेर्पाले भने, ‘हामीहरूले पनि आ-आफ्नो देशको फुटबल संघले गरेका कामहरु बतायौँ ।’

अबका दिनमा दक्षिण एसियाली क्षेत्रको फुटबललाई अगाडि बढाउन फिफाले आर्थिक सहयोगदेखि प्रायोजक खोज्ने जस्ता काममा सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष इन्फान्टिन्हो जनाएको एन्फा अध्यक्ष  शेर्पाले बताएका छन् ।

कोरोना भाइरसका कारण अहिले फिफा र एएफसीका अफिसियल खेलहरु आयोजना हुन सकेका छैनन् । तर, विस्तारै दक्षिण एसियाली देशहरुले घरेलु लिगहरु फिफाको प्रोटोकल अनुसार शुरु गर्न थालेका छन् ।

नेपालले पनि भदौ १ गतेदेखि फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत घरेलु खेलका लागि अभ्यास शुरु गर्न लागेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : १७ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग