म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा युनाइटेडले अष्ट्रियन क्लब लास्कलाई २–१ को पूनरागमन जीत निकाल्दै समग्रमा ७–१ को जीत निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जीतमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा गोलको खाता खुल्न ५५ मिनेटसम्म कुर्न परेको थियो । ५५औं मिनेटमा फिलिपले गोल गर्दै लास्कलाई अग्रता दिलाए ।

तर, लास्कको त्यो अग्रता २ मिनेट पनि टिक्न सकेन । ५७औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई खेलमा १–१ गोलको अवस्थामा ल्याए । ८८औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २–१ को जीत दिलाए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : २० बजे

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न