देशभर सामान्य वर्षा, शनिबारदेखि लगातार झरी पर्ने पूर्वानुमान « Khabarhub

देशभर सामान्य वर्षा, शनिबारदेखि लगातार झरी पर्ने पूर्वानुमान


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ ।

त्यसैको प्रभावस्वरूप अहिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो पनि सबै प्रदेशमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा  सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

शनिबारदेखि लगातार झरी

मौसमविद्का अनुसार शनिबारबाट झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले भारी वर्षा र झरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबारबाट देशका अधिकांश स्थानमा झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

शनिबार रातिदेखि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको तथा आइतबार धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको उनले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ३८ बजे

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको