बेइरूत विस्फोट : मृतक संख्या १३५ पुग्यो | Khabarhub Khabarhub

बेइरूत विस्फोट : मृतक संख्या १३५ पुग्यो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लेबनानको राजधानी बेइरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।

चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

उक्त विस्फोटपछि राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।

बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद बैठकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले  जनाएका छन् ।

बेइरूत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको विस्फोटबाट  एक महिनाका लागि पुग्ने खाद्यान्नसमेत नष्ट भएको थियो ।

बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखेर घटनाको अनुसन्धान शुरू भएको छ ।

बेलायतस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।

उनीहरूले पछिल्लो घटना ‘नि:सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ भएको बताएको बीबीसीले जनाएको छ ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ५० बजे

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन