बेइरूत विस्फोट : मृतक संख्या १३५ पुग्यो « Khabarhub

बेइरूत विस्फोट : मृतक संख्या १३५ पुग्यो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लेबनानको राजधानी बेइरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।

चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

उक्त विस्फोटपछि राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।

बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद बैठकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले  जनाएका छन् ।

बेइरूत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको विस्फोटबाट  एक महिनाका लागि पुग्ने खाद्यान्नसमेत नष्ट भएको थियो ।

बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखेर घटनाको अनुसन्धान शुरू भएको छ ।

बेलायतस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।

उनीहरूले पछिल्लो घटना ‘नि:सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ भएको बताएको बीबीसीले जनाएको छ ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ५० बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख