चाँडै विवाह बन्धनमा बाधिदै छिन् पुनम पाण्डे « Khabarhub

चाँडै विवाह बन्धनमा बाधिदै छिन् पुनम पाण्डे


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो बोल्ड भिडियो र फोटोका कारण सँधै चर्चामा रहने बलिउड अभिनेत्री हुन् पूनम पाण्डे ।

उनले हालैमा आफ्नो प्रेमी सैम बम्बेका साथ इन्गेजमेन्ट गरेकी छन् । पुनम र सैम आफैले यसबारे सामाजिक सञ्जालमा जानकारी दिएका छन् । इन्गेजमेन्टको औंठीका साथमा पुनम र सैले लिएको सेल्फीलाई सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

सैमले हुनेवाला श्रीमती पूनम पाण्डेका साथमा इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्ट औठीका साथमा तस्बिर शेयर गरेका हुन् । उनले इन्स्टाग्राममा क्याप्सन राख्दै लेखेका छन्, अन्ततः हामीले यसो गर्यौ ।

यी दुईको तस्बिर सामजिक सञ्जालमा निकै भाइरल बनेको छ । सैम र पूनमका फ्यानले उनीहरुलाई विवाहका लागी अग्रिम बधाई दिएका छन् । यी दुबै चाँडै विवाह गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पूनम पाण्डे बलिउडकी चर्चित मोडल र अभिनेत्री हुन् । उनले सन् २०१३ मा रिलिज भएको फिल्म नशाबाट अभिनय यात्रा थालेकि थिइन् । यस पश्चात उनले तेलुगु फिल्म मालिनी एण्ड कम्पनी, हिन्दी फिल्म आ गया हीरो र द जर्नी अफ कर्मामा देखा परेकि थिइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १० : १९ बजे

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य