सुनको मूल्य नयाँ रेकर्ड, तोलाको १ लाख २ हजार ५ सय पुग्यो « Khabarhub

सुनको मूल्य नयाँ रेकर्ड, तोलाको १ लाख २ हजार ५ सय पुग्यो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मूल्या आज पनि बढेर नयाँ रेकर्ड कायम भएको छ ।

आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँले बढेको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।

भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १० : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा