अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग | Khabarhub Khabarhub

अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ ।

त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए ।

विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह अनुसन्धानका लागि पठाउने विषयमा पनि विभागले परामर्श शुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते २०७ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको बताउँदै सांस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताएका थिए ।

महर्षि वाल्मीकिले संस्कृत भाषामा रचना गरेको रामायणलाई आदिकवि भानुभक्त आचार्यले नेपालीमा भावानुवाद गरेका थिए ।

विसं २०६७ देखि राम जन्मभूमि अयोध्याका विषयमा अनुसन्धानरत लोकमणि पौडेल यसका लागि आफू लखनउको फैजावादस्थित अयोध्या, उत्तर प्रदेशस्थित बिठुरको वाल्मीकि आश्रम र पञ्जाबको वाल्मीकि आश्रममा पनि पुगेर सूक्ष्म अध्ययन गरेको बताउँछन् ।

भारतमा दुईतिर दाबी गरिएको वाल्मीकि आश्रमभन्दा नेपालको वाल्मीकि आश्रमको प्रमाण बलियो रहेको उनले बताए । वाल्मीकिले रचना गरेको संस्कृत रामायणमा तमसा र गङ्गा नदीको बीचमा वाल्मीकि आश्रम पर्छ भनिएकामा त्रिवेणी नजिकैको आश्रम नै सही भएको भारतका मानिसको पनि सहमति रहेको अध्ययनका क्रममा भेटिएको उनले सुनाए ।

वाल्मीकि आश्रम पारि भारतले वाल्मीकि बाघ संरक्षण केन्द्र स्थापना गरेको छ । त्यहाँको नगरको नाम पनि भारतले वाल्मीकि नगर राखेको अनुसन्धाता पौडेलले बताए । भारतका दुवै वाल्मीकि आश्रम भव्य भए पनि नेपालको आश्रमको विकासमा यहाँका सरोकार भएका निकायको ध्यान नगएको प्रष्ट देखिएको तीन वटै आश्रमको अनुसन्धान गर्नुभएका अनुसन्धाता पौडेलले बताए ।

वाल्मीकि रामायणमा आश्रमको पूर्वतिर अयोध्या पर्छ भनिएको छ । नेपालको वाल्मीकि आश्रमबाट अयोध्यापुरी पूर्व पर्छ ।

अयोध्यापुरी वरिपरिको भागमा बैकुण्ठ ताल, सोमेश्वर पहाड लगायत धार्मिक एवं सांस्कृतिक महत्वका धेरै स्थल रहेकाले पनि अयोध्यापुरी नै राम जन्मभूमि हुन सक्ने बलिया प्रमाण रहेको पौडेलको भनाइ छ । थप अनुसन्धानका लागि त्यस स्थलको पुरातात्विक उत्खनन् गर्न पनि उनले माग गरे ।

परशुराम कुण्डबाट आउने मरोट खोला र रिया खोला पनि वाल्मीकि आश्रम एवं अयोध्यापुरीको बीचमा रहेकाले अयोध्यापुरीमा दशरथ र कौशल्याका छोरा रामको जन्म भएको बलिया आधार भए पनि सरोकार भएका निकायले यसको थप अध्ययन अनुसन्धान गर्नुपर्ने अध्येता पौडेलको माग छ । चितवनको साविक अयोध्यापुरी गाविसको केही भाग पर्सा जिल्लामा गाभिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १२ : ४९ बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत