सप्तरीका तीन मृतकमध्ये एक जनामा कोरोना संक्रमण « Khabarhub

सप्तरीका तीन मृतकमध्ये एक जनामा कोरोना संक्रमण


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीमा मंगलबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

रूपनी गाउँपालिका ४५ वर्षीय पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र मा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो । तीनै जनाको मृत्यु कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएको आधारमा स्वाब परीक्षण गरिएको थियो ।

रूपनीका पुरुषको रिपोर्ट पोजेटिभ र अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

रूपनीका ती पुरुष डेढ महिना अघि मलेसियबाट फर्किएका थिए । पछिल्लो समय ज्वरो आएपछि र स्वासप्रस्वासमा समस्या भएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि उनको मृत्यु भएको थियो । गाउँमा शवको अन्तिम संस्कारको तयारी भइरहेका बेला गाउँपालिकाले नै हस्तक्षेप गरी स्वाब परिक्षण गराएको थियो ।

स्वास्थ्य कार्यालयले उनका परिवारजनाको पनि स्वाब परीक्षणको गराउने भएको छ । ती मृतकको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यसैगरी, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको यादवले बताए ।

यो सँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । यसअघि गत साउन १ गते राजविराज ६ का ७३ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्युको करिब दुई साताअघि उनी भारतको दरभङ्गाबट फर्किएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : १६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन