सप्तरीका तीन मृतकमध्ये एक जनामा कोरोना संक्रमण « Khabarhub

सप्तरीका तीन मृतकमध्ये एक जनामा कोरोना संक्रमण


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीमा मंगलबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

रूपनी गाउँपालिका ४५ वर्षीय पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र मा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो । तीनै जनाको मृत्यु कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएको आधारमा स्वाब परीक्षण गरिएको थियो ।

रूपनीका पुरुषको रिपोर्ट पोजेटिभ र अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

रूपनीका ती पुरुष डेढ महिना अघि मलेसियबाट फर्किएका थिए । पछिल्लो समय ज्वरो आएपछि र स्वासप्रस्वासमा समस्या भएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि उनको मृत्यु भएको थियो । गाउँमा शवको अन्तिम संस्कारको तयारी भइरहेका बेला गाउँपालिकाले नै हस्तक्षेप गरी स्वाब परिक्षण गराएको थियो ।

स्वास्थ्य कार्यालयले उनका परिवारजनाको पनि स्वाब परीक्षणको गराउने भएको छ । ती मृतकको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यसैगरी, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको यादवले बताए ।

यो सँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । यसअघि गत साउन १ गते राजविराज ६ का ७३ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्युको करिब दुई साताअघि उनी भारतको दरभङ्गाबट फर्किएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : १६ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,