प्रहरी मुख्यालयमा कार्यरत थप १० जनामा कोरोना पुष्टि « Khabarhub

प्रहरी मुख्यालयमा कार्यरत थप १० जनामा कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आउनेको स्वास्थ्य परीक्षण गर्दा थप जनाको पनि रिपोर्ट पोजेटिभ देखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

संक्रमण पुष्टि भएका १० जनालाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ। संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले बताए ।

पहिले ४ जनामा कोरोना पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक्टमा रहेका अन्य प्रहरीको स्वाब परीक्षणको काम अहिले जारी छ ।

अहिलेसम्म देशभरका विभिन्न स्थानमा काम गर्ने २ सय प्रहरी कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ११९ जना निको भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ४६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी