प्रहरी मुख्यालयमा कार्यरत थप १० जनामा कोरोना पुष्टि « Khabarhub

प्रहरी मुख्यालयमा कार्यरत थप १० जनामा कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आउनेको स्वास्थ्य परीक्षण गर्दा थप जनाको पनि रिपोर्ट पोजेटिभ देखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

संक्रमण पुष्टि भएका १० जनालाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ। संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले बताए ।

पहिले ४ जनामा कोरोना पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक्टमा रहेका अन्य प्रहरीको स्वाब परीक्षणको काम अहिले जारी छ ।

अहिलेसम्म देशभरका विभिन्न स्थानमा काम गर्ने २ सय प्रहरी कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ११९ जना निको भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ४६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा