भारतमा कोरोना अस्पतालमा आगो लाग्दा ८ सङ्क्रमितको मृत्यु « Khabarhub

भारतमा कोरोना अस्पतालमा आगो लाग्दा ८ सङ्क्रमितको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला रहेको बीबीसीले जनाएको छ ।

अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन्।

बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा आगो नियन्त्रण आएको थियो।

अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको छ।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ। राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन्। आफूले राज्यका मुख्यमन्त्रीसँग कुरा गरेको बताएका छन्।

गुजरात मोदीको गृहराज्य हो।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ५४ बजे

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको