प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका बिरामी कोरोना मुक्त « Khabarhub

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका बिरामी कोरोना मुक्त


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार गरिएका बिरामी कोरोना मुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तकुमार दासका अनुसार प्लाज्मा थेपारी विधिबाट कोरोनाको उपचार गरिएको मोरङका ६० वर्षका पुरुष कोरोना मुक्त भएका हुन् ।

उनको पछिल्लो २ पटकसम्म गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको डा दासले बताए ।

गत साउन १० गते कोरोना त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा गम्भिर प्रकृतिको कोरोनाको लक्षण अर्थात निमोनिया भएको थियो ।

तर अस्पतालको आइसियुमा भर्ना भएको ५ दिन सम्म पनि स्वास्थ्यमा सुधार भएको थिएन । त्रिवि शिक्षण अस्पतालमा साउन १५ गतेदेखि प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार शुरु गरिएको थियो । डा दासका अनुसार आइसियुमा उपचार ती बिरामीको स्वास्थ्य अवस्था सामान्य भएपछि आइसियुबाट सारिएको थियो ।

डा दासका अनुसार नर्मल वार्डमा सार्ने क्रममा उनलाई त्रिवि शिक्षण अस्पतालमा शय्या अभाव भएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सारिएको थियो ।

ती पुरुषको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएपछि आज डिस्चार्ज गर्ने तयारी रहेको ग्राण्डी अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : १२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने