काठमाडौंमा एकैदिन थपिए ८७ कोरोना संक्रमित « Khabarhub

काठमाडौंमा एकैदिन थपिए ८७ कोरोना संक्रमित


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमाकाठमाडौंका २५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका १५ जना, ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका एकजनाका कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै वीरेन्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । योसँगै विहीबारमात्रै काठमाडौं उपत्यकामा ८७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । बुधबार ३८१ जना थपिएका थिए ।

आज ६ हजार २९६ जनाको पीसीआर परिक्षण गरिएकोमा ३६० जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । आज २३३ जना निको भएका छन् ।

बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यसैबीच काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्ठि नगर्न मन्त्रालयले अपिल गरेको छ । गर्नैपर्ने भए भर्चुअल बैठक गर्न समेत अनुरोध गरेको छ । त्यस्तै भारतीय  सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा सावधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : ५३ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर