आज विभिन्न मुलुकबाट १ हजार ४६६ नेपाली स्वदेश फर्किए « Khabarhub

आज विभिन्न मुलुकबाट १ हजार ४६६ नेपाली स्वदेश फर्किए


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीका कारण  विभिन्न देशमा अप्ठेरोमा परेका १ हजार ४६६ जना नेपाली आज स्वदेश फर्केका छन्।

आज ९ वटा अन्तर्राष्ट्रिय उडानमार्फत उनीहरु स्वदेश फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जानकारी दिएको छ।

टीआईएका अनुसार आज साउदी अरबको दमामबाट हिमालय एअरलाइन्स मार्फत १५४ जना आएका छन् भने रियादबाट नेपाल एयरलाइन्स मार्फत २५९ जना।

यस्तै, कतारको दोहाबाट हिमालयन एअरलाइन्स मार्फत १५७ जना, साउदी अरबको दमामबाट नेपाल एअरलाइन्समा १४४ जना, युएईको दुबईबाट फ्लाई दुबई मार्फत १६४ जना आज स्वदेश फर्केका छन्।

मलेसियाको क्वालालम्पुरबाट मालिन्डो एअर मार्फत १७८, युएईको सारजाहाबाट एअर अरेबिया मार्फत १६८ जना, टर्कीको स्तानबुलबाट टिर्कस एअरलाइन्स मार्फत ७६ जना र युएईको सारजाहाबाट एअर अरेबिया मार्फत १६६ जना नेपाली आज स्वदेश फर्केको टीआईएले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ३४ बजे

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे