राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : अध्यक्ष थापा  | Khabarhub Khabarhub

राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : अध्यक्ष थापा 


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजासहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभइ चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकीय भूमिका रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।

शासन जनताले गर्ने राजसंस्था एकताको सुत्रको रुपमा अभिभावक मात्र हुने थापाको भनाइ थियो ।

९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दू राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिए ।

एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पुर्‍याउनु पर्ने आवश्यकता औंल्याए ।

उनले भने “एक भएको राप्रपा अब कसैले चाहेर फुट्दैन, हामी बलियो र अग्रणी शक्ति बन्यौं, अब जनतामा जान ढिला नगरौं ।”

कार्यक्रममा महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ५३ बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं