राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : अध्यक्ष थापा  « Khabarhub

राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : अध्यक्ष थापा 


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजासहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभइ चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकीय भूमिका रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।

शासन जनताले गर्ने राजसंस्था एकताको सुत्रको रुपमा अभिभावक मात्र हुने थापाको भनाइ थियो ।

९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दू राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिए ।

एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पुर्‍याउनु पर्ने आवश्यकता औंल्याए ।

उनले भने “एक भएको राप्रपा अब कसैले चाहेर फुट्दैन, हामी बलियो र अग्रणी शक्ति बन्यौं, अब जनतामा जान ढिला नगरौं ।”

कार्यक्रममा महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ५३ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै