चुच्चेपाटीमा श्रीमती र छोरीमाथि ‘तारपिन’को तेल प्रहार « Khabarhub

चुच्चेपाटीमा श्रीमती र छोरीमाथि ‘तारपिन’को तेल प्रहार


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको चुच्चेपाटीमा एक जनाले घरायासी विवाद हुँदा श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन् ।

तारपिनको तेल प्रहारबाट आमाछोरी घाइते भएको प्रहरीले जनाएको छ । मदिरा खाएका उनले बिहीबार राति श्रीमतीमाथि आक्रमण गरेका हुन् ।

आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई सो तेलले हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने, ‘श्रीमती र छोरीलाई तारपिन तेल प्रहार गरेको देखियो। थप अनुसन्धान भइरहेको छ ।’

उक्त  केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उपचारका लागि तिलगङ्गा आँखा अस्पताल लगिएको छ।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले तारपिन तेल प्रहार गरेको र उनलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञवालीले बताए ।

यसअघि, साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १० : १२ बजे

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै 

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक 

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १४ गते मंगलबारका

आज २०७९ साल चैत १४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १४ गते मंगलबार। ज्योतिष