नेसन्स लिगमा इंग्ल्याण्डको विजयी सुरूवात | Khabarhub Khabarhub

नेसन्स लिगमा इंग्ल्याण्डको विजयी सुरूवात


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।

आयरल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे ।

दुबै टिम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।

आयरल्याण्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसमा स्टर्लिङ गोल गरे ।

खेलको इन्ज्युरी समयमै बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा आयरल्याण्डले कम्तिमा बराबरी रहने मौका गुमाएको थियो ।

जितसँगै लिग ‘ए’ समूह २ मा इंग्ल्यान्डले ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : १० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित