विश्वमा कोरोना : २ करोड ७० लाखभन्दा बढी संक्रमित, ७० प्रतिशत निको « Khabarhub

विश्वमा कोरोना : २ करोड ७० लाखभन्दा बढी संक्रमित, ७० प्रतिशत निको


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ७० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७० लाख ६१ हजार ३२६ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ ।

एकै दिन २ लाख १९ हजार ५०४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९१ लाख ६१ हजार ९०२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.८०९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ७७८ जनाको मृत्यु भएको छ । ३७ लाख ७१ हजार ८८४ जना संक्रमित भएकोमा २१ लाख ५२ हजार ८०२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७९ हजार ९५० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ३४ हजार ६२३ पुगेको छ । त्यसमध्ये ४५ लाख ३३ हजार १३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५० हजार ५०८ जनाको मृत्यु भएको छ । ७६ लाख ४१ हजार ५५ जना संक्रमित भएकोमा ६१ लाख ३३ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ११ हजार ५४६ जनाको मृत्यु भएको छ । ६६ लाख ८६ हजार ५०३ जना संक्रमित भएकोमा ५२ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार १३१ जनाको ज्यान गएको छ भने १२ लाख ९७ हजार ३२२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ३३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २१८ जना संक्रमित भएकोमा २४ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : १० बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको