प्रहरीबारे गरेको ट्वीटका कारण विवादमा तानिइन् कंगना « Khabarhub

प्रहरीबारे गरेको ट्वीटका कारण विवादमा तानिइन् कंगना


२१ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मुम्बई प्रहरी, महाराष्ट्र, फिल्म उद्योग र यीसँग जोडिएका विषयमा दिएका अभिव्यक्तिका कारण भारतीय कलाकार कंगना रनावत विवादमा तानिएकी छिन् ।

कंगनाविरुद्ध एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीमा उजुरीसमेत दिएका छन् ।

सन्तोष देशपाण्डे नामक व्यक्तिले शनिवार अनलाइन उजुरी गरेको बताएका छन् । उनले आफ्नो बयानमा कंगनाले महाराष्ट्रको गौरव र आत्मसम्मानमा अपूरणीय ढंगले क्षति पुर्‍याएको बताएका छन् ।

उजुरीकर्ताले कंगनाको ट्वीट भड्काउ भएको पनि बताएका छन् ।

उनीमाथि अरुलाई उक्साएको आरोप लगाइएको छ । उजुरीकर्ता देशपाण्डेले भनेका छन्, ‘अभिनेत्रीद्वारा गरिएको ट्वीट सही छैन, यसले मान्छेलाई उक्साइरहेको छ, उनले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरेकी छिन् ।’

कंगनाले हालै आफूलाई फिल्म माफियासँग भन्दा बढी मुम्बई प्रहरीसँग लाग्ने बताएकी थिइन् । राज्य प्रहरीको विषयमा दिएको यस्तो अभिव्यक्तिले कंगनालाई विवादमा तानेको हो ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १० : १३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा