श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज बनाउँदै नीता « Khabarhub

श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज बनाउँदै नीता


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार नीता ढुंगानाले पौराणिक ग्रन्थ श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज निर्माण गर्ने भएकी छिन् ।

उनले अर्जुन र श्रीकृष्णको संवाद वरिपरि रहेर निर्माण गरिएको कथामा सिरिज निर्माण गर्ने जनाइएको छ । सिरिजमा ४ जना पात्र हुनेछन् । जसलाई पौराणिक भेषमा प्रस्तुत गरिनेछ । तर, आधुनिक शैलीमा निर्माण गरिनेछ ।

नीताका अनुसार सिरिजको हरेक भाग झण्डै २५ मिनेट लामो हुनेछ । सिरिज पनि फिल्मकै शैलीमा निर्माण हुने नीताले बताइन् ।

यसअघि नीताले गणेश भजन सार्वजनिक गरेकी थिइन् । जसमा उनकै स्वर र अभिनय थियो ।

नीताले ‘माया’ नामक फिल्म बनाउने चर्चा पनि थियो । तर, कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा तत्काल फिल्म निर्माण गर्न सकिने अवस्था छैन ।

नीताले निर्माण गर्ने यो सिरिजका लागि कलाकार र निर्देशकको छनोट भइरहेको जनाइएको छ । सिरिजलाई टिभीबाट प्रसारण गरिनेछ । साथै युट्युबमा पनि हेर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : ०२ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका