शाहरुख र कार्तिक एउटै फिल्ममा ? « Khabarhub

शाहरुख र कार्तिक एउटै फिल्ममा ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘जिरो’ असफल भएपछि बलिउड कलाकार शाहरुख खानले कुनै फिल्ममा पनि अभिनय गरेका छैनन् ।

उनका पछिल्ला केही फिल्म बक्स अफिसमा असफल रहे । त्यसैले पनि शाहरुख राम्रो फिल्मको प्रतीक्षामा छ । फिल्ममा अभिनय गर्ने खबर पटकपटक आए पनि आधिकारिक रुपमा भने उनले फिल्ममा अभिनय गर्ने घोषणा गरेका छैनन् ।

शाहरुख अहिले यस्तो स्क्रिप्टको खोजीमा छन्, जुन स्क्रिप्टले क्यामराको फ्रेममा उनलाई पुन: हिट बनाउन सकोस् ।

अर्कातिर, शाहरुखले राजकुमार हिरानीको फिल्ममा काम गर्ने चर्चा पनि चलेको छ ।

यसैबीच शाहरुख खानले अर्को एक नयाँ फिल्ममा काम गर्ने चर्चा चल्न थालेको छ । उक्त फिल्म शाहरुख खानले आफै निर्माण गर्ने बताइएको छ ।

फिल्ममा कार्तिक आर्यनले शीर्ष भूमिका निभाउने जनाइएको छ । खबरका अनुसार फिल्मको शीर्ष भूमिकाका लागि कार्तिक आर्यनलाई अफर गरिएको छ । उक्त फिल्ममा शाहरुखको पनि अभिनय रहने सम्भावना छ । यद्यपि फिल्ममा शाहरुखले अभिनय गर्ने या नगर्नेबारे कुनै जानकारी दिएका छैनन् ।

फिल्ममा तापसी पन्नुको पनि अभिनय रहने जनाइएको छ । तापसी र शाहरुखले यसअघि बदला फिल्ममा काम गरेका थिए । जुन फिल्ममा अमिताभ बच्चनको पनि शीर्ष भूमिका थियो ।

शाहरुखले निर्माण गर्ने यो फिल्ममा अजय बहलको निर्देशन रहने जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : ३० बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई