कोरोना संक्रमणबाट यूएईमा थप ५ नेपालीको मृत्यु, विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या २०० पुग्यो « Khabarhub

कोरोना संक्रमणबाट यूएईमा थप ५ नेपालीको मृत्यु, विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या २०० पुग्यो


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत हुन्। योसँगै हिजोसम्म विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २०० पुगेको छ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीको मृत्यु भएको छ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ। यो कूल संक्रमित संख्याको ९४ प्रतिशत हो।

यस्तै नेपालमा मात्र ४५ हजार २७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये २७ हजार १२७ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोनामुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ।

नेपालमा २८० जनाको कोरोना कारण ज्यान गएको छ। कोरोना संक्रमणका कारण नेपालसहित जम्मा ४८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।

यस्तै विश्वभर ८० हजार २१६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार ११० जना कोरोनामुक्त भएका छन्। नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : ३२ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका