रोनाल्डोबिनाको खेलमा पोर्चुगलको शानदार जित, क्रोएसिया ४-१ ले पराजित « Khabarhub

रोनाल्डोबिनाको खेलमा पोर्चुगलको शानदार जित, क्रोएसिया ४-१ ले पराजित


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान क्रिस्टियानो रोनाल्डोबिनै यूईएफए नेसन्स लिगको सुरूवात गरेको पोर्चुगलले क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ ।

नेसन्स लिगको साविक विजेता पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियामाथि एकपक्षीय खेल प्रदर्शन गर्‍यो ।

पहिलो हाफमा ४१औं मिनेटमा जोआओ क्यान्सेलोले गरेको गोलबाट अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गर्‍यो ।

पोर्चुगलका लागि डीओगो जोटाले ५८औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए ।

७०औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । खेलको ९०औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जीत पक्का गरे ।

क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । खुट्टाको औँलामा माहुरीले टोकेपछि इन्फेक्सनले मैदान उत्रन नसकेका रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ०८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई