बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरा पक्राउ « Khabarhub

बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरा पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा आफ्नै बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, शनिबार राति मापसे गरेर आफ्नै ५३ वर्षीय बावु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा ३२ वर्षीय छोरा श्री तामाङलाई पक्राउ गरिएको हो ।

महानरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार मापसे गरेर राति घर पुगेका तामाङले आफ्नौ बाबु–आमालाई चक्कु हानेका थिए । घाइते दम्पतीलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुको गर्दनदेखि कानसम्म चोट लागेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ३६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ