एम्बुलेन्समा राखेर बालिका अपहरण गर्ने तीन पक्राउ « Khabarhub

एम्बुलेन्समा राखेर बालिका अपहरण गर्ने तीन पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- बालिका अपहरणको आरोप तीन जना पक्राउ परेका छन् । मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई एम्बुलेन्स चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

रणपहेली नातामा अपहरित बालिकाका काका पर्ने व्यक्ति हुन्। आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ४७ बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन