ऋणबाट मुक्ति पाउन राशीअनुसार कसले के गर्ने ? « Khabarhub

ऋणबाट मुक्ति पाउन राशीअनुसार कसले के गर्ने ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ऋण यस्तो बोझ हो, जसले थिचेपछि मानिसको जीवन सहज हुदैन । यसले मानिसको एक लयमा चलिरहेको जीवनलाई बिर्गान सक्छ ।

त्यसैले मानिसहरु सकेसम्म ऋण लिन चाहादैनन् । कतिपयले तिर्न नसक्ने भएपछि वा ऋणदाताको दबाबले आत्महत्यासम्म गर्दछन् । ज्योतिषशास्त्र केहि यस्ता उपायहरु छन्, जसले ऋणबाट छुटकारा पाउने भन्ने मार्ग प्रसस्त गर्दछ । यस्तो छ ऋणबाट मुक्ति पाउन राशी अनुसार अपनाउनु पर्ने उपायहरु :

मेष राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन भगवान गणेशको नित्य फूल अर्पण गरेर आराधना गर्नुपर्दछ ।

वृष राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले नित्य रातो फूल अर्पण गरेर माता लक्ष्मीको आराधना गर्नुपर्दछ ।

मिथुन राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन नित्य बिहान बेलुका हनुमान चालीसा पाठ गरेर हनुमानजीको आराधना गर्नुपर्दछ ।

कर्कट राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले बिहिबारका दिन केराको बोटको पूजा गर्नुपर्दछ ।

सिंह राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन शनिवारको दिन पारेर पीपलको रुख मुनि दियो बाल्नु पर्दछ ।

कन्या राशी
ऋणबाट मुक्ति पाउन वा धन प्राप्तिकालागी यस राशीका जातकले भगवान शिवलाई नित्य जल अर्पण गर्नुपर्दछ ।

तुला राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन बिहीबारका दिन भगवान श्रीविष्णुको सहस्त्रनाम पाठ गरी दिनभर पहेलो वस्त्र धारण गर्नुपर्दछ ।

वृश्चिक राशी
ऋणबाट मुक्ति पाउन वा धन प्राप्तिकालागी यस राशीका जातकले मंगलवारका दिन तुलसी दल अर्पित गर्नुपर्दछ ।

धनु राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन नित्य बिहान भगवान श्रीविष्णु र माता लक्ष्मीको पूजा गर्नुपर्दछ ।

मकर राशी
ऋणबाट मुक्ति पाउन मकर राशीका जातकले नित्य बिहान गणेशजीको आराधना गर्नुपर्दछ । बुधवारका दिन पारेर हरीयो अलाइची अर्पण गर्नुपर्दछ ।

कुम्भ राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन सोमवारका दिन शिवलिंगमा गंगाजल अर्पण गर्नुपर्दछ ।

मीन राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले नित्य सूर्यदेवलाई जल अर्पण गर्नुपर्दछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ०१ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले