बीपी प्रतिष्ठानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार झापाको कन्काई–३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

ती महिलालाई भदौ १८ गते मेरी अस्पताल झापाले बीपी प्रतिष्ठानमा रेफर गरेको थियो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।

शरीर कमजोर हुने, कब्जियतको समस्या, ज्वरो, श्वासप्रश्वासमा समस्या र निमोनिया समेत देखिएपछि उनलाई बीपी प्रतिष्ठानले भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । भेन्टिलेटरमै उपचाररत उनको आइतबार मृत्यु भएको डा सापकोटाले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ३ : ४५ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका