ललितपुरमा सवारी चेकजाँचमा कडाइ (फोटो फिचर) « Khabarhub

ललितपुरमा सवारी चेकजाँचमा कडाइ (फोटो फिचर)


२१ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा सवारी चेक जाँचलाई कडा पारिएको छ । आज रातो मछिन्द्रनाथको रथ यात्राको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई पनि रोक लगाइएको छ ।

सूचना विभागको पास भएकाले मात्र अनुरोधसहित ललितपुर प्रवेश पाएका थिए । बिहीबार पुल्चोकमा भएको झडपमा प्रेसको ज्याकेट लगाएका व्यक्तिले प्रहरीलाई ढुंगा हानेको भिडियो भाइरल भएपछि आज कडाइ गरिएको छ । आज पुल्चोकबाट तानेर २० मिटर टाढा स्रोह्र खुट्टे पाटीमा रातो मच्छिन्द्र नाथको रथ लगिँदैछ।

गत बिहीबार पुल्चोकमा रहेको रथलाई करिब ५ मिटर टाढा पुर्‍याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसयता रथ सडकको बीचबाटैमा छ।

झडपपछि सरोकारवाला निकाय र गुठी खल: हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो। शुक्रवार क्षमा पूजा गरिएको र आज रथ तान्न थालिएको हो।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ४ : ०० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको