पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र २९० संक्रमित थपिए, ३ जनाको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र २९० संक्रमित थपिए, ३ जनाको मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३५४ जना संक्रमितमध्ये काठमाडौंका २९० रहेको मन्त्रालयले जनाएको हो । यसैगरी पछिल्लो २४ घण्टामा काठाडौंमा मात्र थप ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि शनिबार (हिजो) काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना गरी जम्मा ४०८ संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु