काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।
मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार वीर अस्पतालमा भइरहेको नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ ।
उपत्यकामा गम्भिर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु वेवस्थापन गर्न बजेट समेत छुट्याएको उनले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट छुटाइएको प्रवक्ता गौतमले बताए ।
त्यसैगरी स्वास्थ्य विधामा अध्ययन गरेका स्वास्थ्यकर्मीहरुलाई स्वयंसेवकको रुपमा खटाउने समेत निर्णय भएको उनले जानकारी दिए ।
प्रतिक्रिया