काठमाडौं र काभ्रेका अस्पतालमा १ हजार ८०९ कोरोना संक्रमित उपचाररत « Khabarhub

काठमाडौं र काभ्रेका अस्पतालमा १ हजार ८०९ कोरोना संक्रमित उपचाररत


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका र काभ्रेमा गरी  १ हजार ८०९ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचारत रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार उपत्यका र काभ्रेका विभिन्न १९ वटा सरकारी तथा निजी अस्पतालमा १ हजार ८०९ जना कोरोना संक्रमित उपचारत छन् ।

ती मध्ये १ हजार ७१३ जना अस्पतालहरुको आइसोलेसन, ७५ जना संक्रमित आइसीयु र २१ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

यस्तै आइतबार उपत्यकामा थपिएका ३५४ जना कोरोना संक्रमित मध्ये ११२ संक्रमित अस्पताल भर्ना भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शसस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, काठमाडौं मेडिकल कलेज, धुलिखेल अस्पताल, श्री विरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्र, खरिपाटी आइसोलेसन सेन्टर, वीर अस्पतालमा कोरोना संक्रमित छन् ।

यस्तै स्पाइनल इन्जुरी पुनस्थापना केन्द्र काभ्रे, इछान्गु नारायण आइसोलेसन सेन्टर रानीवन, महेश मनहोहन अस्पताल, दहचोक, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल, बनेपा, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, मेघा अस्पताल र ह्याम्स अस्पतालमा कोरोना संक्रमितहरु उपचारत छन् ।

ती मध्ये ५ वटा अस्पतालमा एकसय भन्दा बढी संक्रमित रहेका छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार सशस्त्र प्रहरी अस्पतालमा आइसोलेसन, आइसीयु र भेन्टिलेटरमा गरी १९१ जना कोरोना संक्रमित उपचारत छन् ।

यस्तै कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २०८ जना कोरोना संक्रमित उपचारत छन् ।

यसैगरी विरेन्द्र अस्पतालमा १३४ जना, नेपाल प्रहरी अस्पतालमा ३४८ जना, महेश मनमोहन अस्पतालमा २२० जना कोरोना संक्रमित उपचारत छन् ।

यस्तो छ अस्पतालमा भएका संक्रमितको विवरण

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : २० बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण