ट्रम्प अस्पतालबाट डिस्चार्ज, थप उपचार ह्वाइट हाउसमै हुने « Khabarhub

ट्रम्प अस्पतालबाट डिस्चार्ज, थप उपचार ह्वाइट हाउसमै हुने


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका हुन् ।

सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् ।

बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ भने दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए । ट्रम्पको थप उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् ।

अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने बताएका छन् ।

उनले कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई अनुरोध गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘मैले आफूलाई अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ३१ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- अमेरिकाले विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास