२ घण्टामा कामबाट निकालिए, सात महिनादेखि अलपत्र « Khabarhub

२ घण्टामा कामबाट निकालिए, सात महिनादेखि अलपत्र



दोहा— गाउँका अरू युवा झैँ बाराका शिव बच्चन साह रौनियार पनि गत मार्चमा धन कमाउने सपना बोकेर युनाइटेड अरब इमिरेट्स (युएई) पुगे ।

शिव काठमाडौँमा रहेको स्प्रिङ नेपाल ह्युमन रिसोर्सेज म्यानपावर कम्पनीलाई २ लाख रुपैँया बुझाएर युएई पुगेका थिए । पठाउने कम्पनीले उनलाई ‘अफिस ब्वाइ’ र ‘प्लस्टरको काम’ को भनेको थियो । त्यसमै ढुक्क भए उनी ‘क्रिस्टल फर सिरमिक कम्पनी’ मा गए ।

शिवले नेपालको म्यानपावर कम्पनीले भनेअनुसारको काम पाएनन् । उनलाई टाइल र मार्बलको काम लगाइयो । काम थालेको २ घण्टामै उनी निकालिए । काम नजानेको भनेर कम्पनीको मान्छेले उनलाई काममा नआउनू भन्यो ।

कामबाट निकालिएपछि शिव केही दिन सडकमै भौँतारिए । युएईमै रहेका एजेन्ट हरिभक्त बिष्टले फेरि काम खोजिदिए तर, भिसा नभएको भनेर कम्पनीले राख्न मानेन ।

शिव युएई पुगेको सात महिना भइसकेको छ । उनी घर फर्किन चाहन्छन् । युएईस्थित नेपाली दूतावासले टिकटको व्यवस्था गरेर दूतावासकै गाडीमा दुई पटक विमानस्थल पुर्‍यायो तर, उनी विमान चढ्न पाएनन् ।

उनी काममा गएको कम्पनीले उनलाई १२ हजार दिराम जरिवाना लगाएर केस चलाएको छ । त्यो जरिवाना नतिरी उनी युएई छाड्न पाउँदैनन् । विमानस्थलबाट फर्किनु परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उनका लागि खाने र बस्ने व्यवस्था गरेको थियो ।

एनआरएनए प्रतिनिधिले युएईमा रहेका एजेन्ट बिष्टलाई सम्पर्क गरेर ३ हजार ५ सय दिराम कम्पनीलाई दिने सहमति गरायो र कम्पनीमा बुझाउन लगायो । बाँकी ८ हजार ५ सय दिराम कम्पनीमा नबुझाई आफूले युएई छाड्न नपाउने शिवको भनाइ छ ।

‘दूतावासमा फोन गर्दा मेरो नाम सुन्नेबित्तकै फोन काटिदिन्छन्,’ शिवले खबरहबसँग भने, ‘उद्धारको लागि धेरैतिर अनुरोध गरँ तर कतैबाट सहयोग पाइनँ ।’

अहिले उनी एनआरएन युएईको संरक्षणमा छैनन् । एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले शिवलाई अत्यावश्यक सबै सामग्री दिएर राखेको तर उनी आफैँ हिँडेको बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ०१ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना